नेविसंघ सर्लाहीको कार्य समिति विस्तार, समाजसेवी आदित्य बने जिल्ला सदस्य


 मलंगवा – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिल्ला कार्य समिति विस्तार गरिएको छ ।


नेविसंघका जिल्ला सभापति धिरज दाहाले कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरु मनोनित गरेका हुन् । उनले लामो समय देखिन समाजसेवामा समर्पित आदित्य महतोलाई जिल्ला सदस्यमा मनोनीत गरेका छन । 


नेविसंघका जिल्ला सदस्य महतोले सर्लाही जिल्लाको कलेज र स्कुलमा विध्यार्थीहरु लाई पद्ने राम्रो बाताबरण बनोस र सर्लाही जिल्लामा भैरहेको पढाईलाई कसरी सुधारन सकिन्छ त्यसमा लागीपर्नेमा उनले जोद तिने प्रतिबद्धता लिएका छन । 


 दाहाले बिहीबार आफ्नो टिम विस्तार गरेका हुन् । नेविसंघको उपसभापतिमा प्रवेश न्यौपाने लालबन्दी, कन्चन चालिसे लालबन्दी, आकाशकुमार मिश्र धनकौल र रोशन पाण्डे बागमतीलाई मनोनित गरिएको छ ।

त्यस्तै, सचिवमा रफि अहमद कौडेनालाई मनोनित गरिएको छ । त्यसैगरी सह–सचिवहरुमा सुनिल आचार्य लालबन्दी, मोहन चौधरी इश्वरपुर, सेख परबेज कविलासी, सन्जु कुमारी हरिपूर्वा, अन्जली माया बलसाया हरिवन र विष्णु मैनाली हरिवन तथा कोषाध्यक्षमा चाँदनी कुमारी मलंगवा मनोनित भएका हुन् ।


नेविसंघका जिल्ला सभापति दाहाले २० जना जिल्ला सदस्य पनि मनोनित गरेका छन् ।



Comments

Popular posts from this blog

Who gave false details of his mother's death for taking a ride permission

Nepalese request from Cyprus - Let us return home